नेपालगन्ज । बाढीपीडित सहयोगार्थ प्रथम सिद्र्धाथ सद्भाव क्षेत्रीय एकल तिज नृत्य प्रतियोगिताको उपाधि कोहलपुरकी करिष्मा शाहीले जित्नुभएको छ ।

रेडियो सदभाव, सबैको रेडियो एफएम ९१.२ मेघाहर्जले विहिबार नेपालगन्जमा आयोेजना गरेको एकल तीज नृत्यु प्रतियोगितामा २७ प्रतिस्पर्धीलाई उछन्दै शाहीले नगद रु २५ हजारसहित प्रमाण पत्र प्राप्त गरेकिहुन । त्यसैगरी खजुराका सम्प्रिया खड्का द्धितिय भइन । उनले नगद रु १५ हजारसहित प्रमाणपत्र प्राप्त गरीन । खजुराकै सुस्मिता शाहीले तेस्रो स्थान हासिल गर्दैै रु १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेकि छन । खजुराका निशु थापा सान्त्वना स्थान प्राप्त गर्न सफल भइन । थापाले रु ५ हजारसहित प्रमाणपत्र प्राप्त गरीन ।

सहभागी सबै प्रतिस्पर्धीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । सदभाव नेपालका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, रेडियो सदभाव सञ्चालक समितिका अध्यक्ष सञ्जय सिंह, उपाध्यक्ष शशी स्वाँर लगायतले विजयी प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया