एजेन्सी । काजकिस्तानको एक गाउँका मानिसहरु निरन्तर सुतिरहन्छन् । उत्तरी काजकिस्तानको कलाची गाउँका मानिसहरु कुनै अजिब कारणले नभई सुतिरहने रोगबाट पीडित भएका कारण यस्तो भएको चिकित्सकको भनाई छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार यहाँका मानिसहरु एकपटक सुत्छन् तब थुप्रै महिनासम्म उनीहरु उठ्दैनन् ।

यसकारण बाहिरका मानिसहरुले यहाँका मानिसलाई कुम्भकर्णका आफन्त भन्छन् । थुप्रै दिनसम्म सुतिरहने यहाँको अचम्मको रोग पहिलो पटक सन् २०१० मा सार्वजनिक भएको बताइन्छ । उक्त समयमा बच्चाहरु अचानक स्कूलमा लडे र उनीहरु सुत्न थालेपछि सुरु भएको समस्या बिकराल बन्दै गएको बताइन्छ ।

त्यतिबेलादेखि वैज्ञानिक यो गाउँमा अनुसन्धान सुरु गरेपनि अहिलेसम्म खास कारण भने उनीहरुले पत्ता लगाउन सकेका छैनन् । वैज्ञानिक र चिकित्सकका अनुसार सबैभन्दा अचम्मको कुरा के छ भने यो रोगीलाई आफू सुतेको भन्ने थाहा नै हुँदैन । यी मानिसहरु जता पनि निदाउन सक्छन् ।

तपाईको प्रतिक्रिया