एजेन्सी । १६ वर्षे युवक र ७१ वर्षकी बृद्ध महिलाको विबाह सम्भव छ ? त्यसमा पनि बेहुला नाबालक, बेहुलीको तेस्रो बिहे । उमेरमा ५५ वर्षको अन्तर, बेहुलिको आपराधिक रेकर्ड भएको अवस्थामा अझ सम्भव होला ? इण्डोनेसियाको एक जोडीले हालै विबाह गरेर हनिमुन मनाएर फर्केपछि सैको नजरमा पर्न थालेको छ ।

हालै हनिमुन मनाएर फर्किए लगत्तै सलामतले छिटो भन्दा छिटो बच्चा जन्माउने तयारी गरेको समेत बुझिएको छ । सलामतले ७१ वर्षकी वृद्धालाई बिहे गरेपछि उनलाई कुन्े बेला पनि छाडेका छैनन् ।

शंकालु स्वभावका सलामत आफ्नी पत्नीप्रति यति शंकालु रहेछन् कि परपुरुषले आफ्नी पत्नीमाथि आँखा नलगाओस् भनेर श्रीमतीलाई घरमा एक्लै छाड्नु परेको बेला ढोकामा ताल्चा ठोकेर मात्र बाहिर निस्किन्छन् ।

तपाईको प्रतिक्रिया