ताजा खबर :- वाशिंगटनः वैज्ञानिहरुका अनुसार आमाको गर्भमा नै बच्चाहरु भाष सिक्न थाल्छन । बच्चाहरु आफनो जन्म भन्दा एक महिना पहिल्यै देखि अंग्रेजी र जापानी भाषामा फरक छुट्टयाउन सक्ने वैज्ञानीकहरुको भनाई छ । पुरानो अध्ययनहरुमा बच्चाहरुको व्यवहारमा फरक हुने कुराको जानकारी प्राप्त भएको थियो । यो अध्ययन पछि वैज्ञानीकहरुले निष्कर्ष निकाले कि फरक फरक लयका साथ एउटा भाषाबाट अर्को भाषामा जादा बच्चाहरुको व्यवहारमा फरक देखिन्छ ।

अमेरिकाको कंसास विश्वविद्यालयका एसोसिएट प्रोफेसर उताको मिनाईले भने , गर्भमा हुने भु्रण भाषण सहित अरु चिजलाई पनि बच्चाहरुले सुन्न सक्छन , यो निष्र्कस निकाल्नु भन्दा पहिले औसत आठ महिनाको गर्भवती दुई दर्जन महिलाहरुको ‘मैगनेटोकार्डियोग्राम’ को माध्यमबाट जाच गरिएको थियो । शोधकर्ताहरुले एउटा द्विभाषियलाई बोलाएर एक,एक पटक अग्रेजी र जापानीज भाषामा भाषण रेकर्ड गराएर थिए त्यहि भाषणलाई भु्रणमा रहेको बच्चालाई सुनाएका थिए । अंग्रेजी र जापानीज भाषा लयको हिसावले फरक फरक हुने गर्छ । जब भु्रणमा रहेको बच्चाले अंग्रेजी भाषण सुनी सके पछि लयको रुपमा भिन्न भाषा जापानीज भाषा सुन्न थाले त्यस पछि भु्रणमा रहेको बच्चाहरुको धडकनको रफतार बढेको पाईएको थियो । उनीहरुलाई पुन ः अग्रेजी भाषाको भाषण सुनाउदा धडकनको रफतार पहिलेको अवस्थामा पाईएको थियो ।

तपाईको प्रतिक्रिया