सुनिता विष्ट श्रीयुक्ति ब्युटिपार्लर  – सौन्दर्यका लागि मेकअप गर्नु सामान्यजस्तै भइसक्यो । तर, लामो समयको मेकअपले कुरूप पार्न पनि सक्छ । लामो समयसम्म छालामा मेकअप रहन दिनुहुँदैन । हरेक दिन साँझ मेकअप राम्रोसँग हटाउनुपर्छ । तरिका सिकाउँदै ब्युटिसियन सुनिता विष्ट

सबैभन्दा पहिले आँखाको मेकअप हटाएर मात्रै अन्य मेकअप फाल्नतिर लाग्नुपर्छ । गाजलसहित आँखाको मेकअप हटाउन बेबी आयल प्रयोग गर्नु उत्तम हुन्छ । बेबी आयल कुनै नरम कपडामा चोबेर आँखाको मेकअप हटाउँदा राम्रोसँग हट्छ । यसले आँखा सुक्खा हुनबाट पनि बचाउँछ ।

मेकअपमा प्रयोग गरिएका कलर कस्मेटिक हटाउन क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ । क्लिन्जिङ मिल्कले केहीबेर समय लगाएर बिस्तारै मेकअप हटाउनुहोस् ।

क्लिन्जिङ मिल्कले मेकअप त हट्छ, तर क्लिन्जिङ गरेको छालालाई त्यत्तिकै छाड्नुहुन्न । मेकअप सफा गरेपछि टोनर अनिवार्य प्रयोग गर्नुपर्छ । टोनरले क्लिन्जिङ गर्दा खुलेका छालाको प्वाललाई खुम्च्याएर सही अवस्थामा राख्न भूमिका खेल्छ ।

टोनर प्रयोग गरेपछि कुनै क्रिम अवश्य प्रयोग गर्नुहोस् । क्रिम प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । सुक्खा छालामा मोस्चर बढी भएको क्रिम लगाउनुपर्छ भने चिल्लो छालामा आयल फ्री क्रिम उपयुक्त हुन्छ ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया