गर्भवती महिलामध्ये पाँचदेखि १० प्रतिशतमा मधुमेह ९सुगर०को समस्या देखिने गरेको पाइन्छ । गर्भावस्थामा मधुमेह देखिनुलाई जेस्तेसनल मधुमेह भनिन्छ । अधिकांश महिलामा यो मधुमेह सुत्केरी भइसकेपछि हराउने गर्छ । तर, गर्भवती भएको अवस्थामा हुने यो मधुमेहले बच्चाको स्वास्थ्यमा कस्तो असर पार्छ रु

गर्भवती हुनुअघि नै महिलामा मधुमेह भएमा या गर्भवती भइसकेको अवस्थामा मधुमेह राम्रोस“ग नियन्त्रणमा ल्याइएन भने समस्या निम्तिन सक्छ । गर्भावस्थाका सुरुकै दिनहरूमा मधुमेह नियन्त्रित नभएमा शिशुको शारीरिक बनावटमा असर हुन्छ । मधुमेहकै कारण विकलांग बच्चा जन्मिने खतरा हुन्छ । बच्चाको मुटु, दिमाग र ढाडमा सीधै असर गर्न सक्छ ।

गर्भवती महिलामा मधुमेह लाग्दा गर्भपात हुने सम्भावना अत्यधिक हुन्छ । गर्भावस्थाका पछिल्ला महिनाहरूमा शिशुलाई पोषण अत्यधिक बढी भएर शारीरिक तौल बढ्न पुग्छ । बच्चा सामान्यभन्दा बढी तौलको हु“दा प्रसवकालमा चोटपटक लाग्ने, सामान्य तरिकाले जन्मिन नसकेर अप्रेसन गर्नुपर्ने तथा शिशुको मृत्यु नै हुन सक्ने जोखिम रहन्छ ।

मधुमेह रोग लागेका महिलाको पेटमा भएको बच्चा जन्मिएपछि पनि मृत्यु हुन सक्ने खतरा रहन्छ । समय नपुग्दै बच्चा जन्मिने सम्भावना बढी हुने भएकाले मृत्युको खतरा उच्च हुन्छ । जन्मिनेबित्तिकै नवजात शिशुमा चिनीको मात्रा धेरै घटेर कम्पन हुने वा बेहोस हुने हुन्छ ।

मधुमेहरोगी आमाको पेटमा रहेको बच्चा जन्मिनेबित्तिकै श्वासप्रश्वासमा पनि समस्या देखिन सक्छ । यस्ता शिशुलाई कृत्रिम श्वास दिनुपर्ने हुन सक्छ । यस्तो समस्या धेरैजसो समय नपुग्दै जन्मिने बच्चामा देखिन्छ ।

र, यो पनि ३० वर्षभन्दा बढी उमेरका गर्भवती महिलालाई मधुमेहको खतरा बढी हुन्छ । परिवारमा अन्य सदस्यलाई मधुमेह छ भने या मोटोपन बढी छ भने पनि मधुमेहको सम्भावना उच्च रहन्छ । अघिल्लोपटक गर्भवती हु“दा मधुमेह देखिएको थियो भने या चार केजीभन्दा ठूलो बच्चा जन्मेको भए अर्कोपटक पनि समस्या निम्तिने सम्भावना उच्च रहन्छ । महिनावारी गडबडीका कारण पनि मधुमेह निम्तिने गर्छ ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया