एजेन्सी । सुन अब गहनामा मात्र सिमित रहेन । प्रयोग र परिवसिर्तत समयसँगै सुनले पोषाकको रुप धारण गर्न लागेको छ । जुन दृश्य चीनमा हालै देखियो । चीनकी एक मोडलले वास्तविक सुनबाट बनेको ब्रा नै लगाएर बाहिर देखिइन् ।त्यसपछि यसको चर्चा विश्वभर चल्न थालेको छ । उक्त ब्रा बनाउन करिब १४० ग्राम सुनको प्रयोग गरिएको चिनिया संचार माध्यमहरुले उल्लेख गरेका छन् ।   चीनमा गत बुधबार सम्पन्न एक गहना प्रर्दशन समारोहमा यि मोडल आर्कषणको केन्द्रबिन्दु बन्न पुगीन् । उनले सुनको ब्रा लगाएको तस्विर खिच्नेहरुको लाम नै लागेको थियो ।

तपाईको प्रतिक्रिया