एजेन्सी । आमा र छोरी एक अर्काका असल साथी हुन् भन्ने कुराको एउटा ज्वलन्त उदाहरण पछिल्लो समय भारतमा देखिएको छ । सँधै आमाले मात्रै छोरीका लागी विहे र उसका सुखदुखका कुरा गर्छन् भन्ने उदाहरणलाई भारतकी ५२ वर्षीया अनिताका दुई छोरी अतिरा र अकिरा बनेका छन् ।

उनीहरुले ३२ वर्ष अगाडी देखिको आमाको अधुरो प्रेमलाई साकार पारििदएका छन् ७६ वर्षे बिक्रममानसँग बिहे गरिदिएर । अतिरा र अकिराका बुबाले आत्महत्या गरेसँगै उनकी आमा एक्लै बस्दै आएकी थिइन् ।

उता छोरीहरुले पनि आमाको अधुरो सपनाका बारेमा थाहा पाएका थिए । जुन सपना अहिले आएर छोरीहरुले एकको हात हात अर्काकोमा थमाईदिए पछि पुरा भएको छ । यो शिलशिला कान्छी छोरी अतिराले आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी हुन् ।

तपाईको प्रतिक्रिया