ताजा खबर सुनिता पन्त (दाहाल ) :- हाम्रो जस्तो अविकशित देश नेपालका सञ्चारमाध्यमहरु पनि खास्सै विकसित हुन सकेका छैनन् । केहि ठुला सञ्चार माध्ययमहरु वाहेक नेपालका थुप्रै सञ्चारका माध्ययमहरु अझै विभिन्न समस्याको चपेटामा पर्ने गरेका छन् । अझ भन्नु पर्दा मोफसलका सञ्चारमाध्ययमहरुको अवस्था दया लाग्दो देख्न सकिन्छ । पत्रकारीका क्षेत्रमा पनि थुप्रै इसुहरु रहेका छन् जो विगत देखि नै छलफल र चर्चाका विषय वन्ने गर्छन । दिनरात नभनी काम गर्ने पत्रकारहरुका हितमा वनेका थुप्रै ऐन नियमहरु छन् जुनका वारेमा पनि दैनीक जसो चीया पसल र पत्रकारीताका सम्बन्धीत बौद्धीक व्यत्तीहरु जम्मा हरना साथ र्चचा परि चर्चा हुने गर्छन । पत्रकार आचार सहिंता, न्युनतम पारिश्रीमकका कुराहरु, शान्ती सुरक्षाका कुराहरु लगाएतका विषयवस्तुमा पत्रकारीता क्षेत्रमा वढी चर्चा हुने गरेको छ । सञ्चार जगतहरुले उठान गर्ने विभिन्न विषयवस्तुलाइ पनि यहा पत्रकारीताको इसु मानीने गरीन्छ । स्थानीय, क्षेत्रीय, राष्टीय र अन्तराष्टीय स्तरका सञ्चारमाध्ययमहरुले उठान गर्ने इशुहरु केहि हद सम्म उस्तै उस्तै हुने गरेपनि केहि फरक भने पक्कै हुने गर्छन महत्व, प्रभाव का आधारमा नैसञ्चारमाध्ययमहरुले विषयवस्तुको उठान गर्ने गरेको पाइन्छ । जस्तै स्थानीय मीडीयाहरुले उठान गर्ने इसुहरुमा स्थानीय घटना तथा दुर्घटना, स्थानीय, कृषि, विकास, राजनीति र आर्थिक विषय ,स्थानीय सरकारी तथा गैरसरकारी कार्यालयका गतिविधिहरु, महत्वपूर्ण राष्ट्रिय घटनाहरु हुने गर्छन भने राष्टीय मीडीयाहरुले प्राथमिकता दिने इसुहरुमा राष्ट्रिय राजनीतिक घटनाक्रमहरु, अपराधका घटनाहरु, सदभवनका गतिविधिहरुराष्ट्रिय स्तरका नीति निर्माणका कुराहरु, सन्धी, सम्झौताका कुराहरु, कुटनीतिक घटनाक्रमहरु, अन्तर्राष्ट्रिय महत्वपूर्ण राजनीतिक घटनाक्रमहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण खेलकुद, आर्थिक र सामाजिक घटनाक्रमहरु हुने गर्छन । यस्तै अन्तराष्टीय मिडियाहरुले प्राथमिकता दिने इसुहरुमा राष्ट्रिय अन्तराष्टीय स्तरका राजनीतिक घटनाक्रमहरु, अपराधका घटनाहरु, संसदभवनका गतिविधिहरु, राष्ट्रिय स्तरका नीति निर्माणका कुराहरु, सन्धी, सम्झौताका कुराहरु, अन्तर्राष्ट्रिय महत्वपूर्ण राजनीतिक घटनाक्रमहरु हुने गछर्न ।

पत्रकारीता क्षेत्रमा विभिन्न समस्याहरुले गर्दा पत्रिका व्यवसायिक हुन सकेको छैन । दक्ष जनशक्तिको अभाव, स्रोत साधनको कमी, आधुुनिक प्रविधि तथा पत्रकारिताको मान्यतलाई आत्मसात गर्न नसक्नु, पुरानै ढंगबाट काम गर्ने प्रविधि जस्ता कुराले पत्रकारीता जगतलाइ समस्या खेप्नु परको हो । त्यसैगरी सरकारले मिडिया सम्बन्धी अस्पष्ट नीति, अनुदार राष्ट्रिय विज्ञापन नीतिले पनि साप्ताहिक पत्रिकालाई संकटमा पुर्याएको छ । प्रविधिको विकास सगै आजभोली अनलाइन सञ्चार संस्थाले तत्काल समाचार अपडेट गर्दछ । त्यसको केही समयमा एफएम रेडियो स्टेशनहरुले त्यो समाचारलाई बजाउदछ । यस्तो अवस्थामा साप्ताहिक पत्रिकाको परम्परागत उद्देश्यले कुनै अस्तित्व राखेको देखिदैन । राख्दैन । अनलाइन, दैनिक पत्रिका, एफएम तथा टेलिभिजन जस्ता सञ्चार माध्यमको चाप बढीरहेको छ ।

यस्तो अवस्थामा पनि साप्ताहिक अखबारले दैनिक पत्रपत्रिकाको नक्कल गरी समाचारको विश्लेषण गर्ने भूमिकालाई विर्सन खोज्दैछन । आफ्नो भूमिका नबुझ्नु र बुझ्न नचाहनुका कारण थुप्रै साप्ताहिक निकाल्नका लागि निकालिरहेका जस्ता देखिन्छन । तिनीहरुले पाठकलाई के नयाँपन दिने ?

उनीहरुले छापेको समाचारको प्रभाव समाजमा कस्तो प्रभाव परेको छ ?

समाचारमा आवाज विहिनको आवाज समेटन सकेको छ छैन । अहिले सञ्चार जगत उत्साहित त भएको छ नै तर पनि दिगो शान्तिको अभावमा नेपाली पत्रकारिताको भविष्य पनि अन्यौलमै छ । आज हजारौ पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन जस्ता सञ्चार माध्यमहरु सञ्चालित छन । तर सञ्चार क्षेत्र अझै पनि सुरक्षित छैन । पत्रपत्रिकाको सङख्या बढे पनि पत्रकारिताको सामाग्रीको स्तर भने बृद्धिहुन सकेको छैन । साथै पत्रकारहरुको अवस्था दयनीय छ, उनिहरुले अहिले सम्म पनि श्रमको उचित पारिश्रमिक पाउन सकेका छैनन । दश बर्षे द्धन्दले दर्जनौ पत्रकारहरु द्धन्द्धकोे चपेटामा परि मृत्यु समेत भएका छन । भने कैंयौ अंगभंग र घाइते र अपागं हुन पुगेका छन । नेपाली पत्रकारिता पेशा अझैपनि सुरक्षित बन्न सकेको छैन ।

आज दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरुको प्रकाशनको साथै इलेक्ट्रोनिक्स संचार माध्यामको सख्या बृद्धिहुदै गएको छ । यस्तो अवस्थामा एफएम रेडियो र टेलिभिजन संचालन गर्ने होडबाजी नै चलेको छ । इलेक्ट्रोनिक मिडियाहरु एफएम, रेडियोहरु तथा टेलिभिजनहरु संचालन भए सगै ती संचार माध्यामहरु पनि राजनीतिक दलको छत्रछायाामा रमाईरहेको अवस्था छ । संचारमाध्यामहरु राजनीतिक दलहरुको संरक्षणमा हुर्किएको कारणले नै आज नेपाली पत्रकारिता क्षेत्र स्वतन्त्र हुन सकेको छैन । नेपाली संचार माध्यामहरु राजनीतिक पार्टीको मुखपत्र बन्दै राजनीतिक दलको पत्रकारिता गर्ने अवस्था नेपाली पत्रकारिताको लागि चुनौतीको बिषय बनेको छ । संचार माध्याम राजनीतिक दलहरुको संरक्षण हुनु तथा समाचार लेखेक कारणले अहिले पनि दिनदहाडै पत्रकारहरु मारिनु परेको छ । नेपाली पत्रकारितामा जकडिएको यो समस्याहरु समाधानका लागि आम पत्रकारहरु पनि गंभिर बन्न जरुरी देखिन्छ ।

रेडियो नेपाल देशको सबै भन्दा बढी भूभाग र जनसंख्यामा सुनिने राष्ट्रिय प्रसारण माध्यमका रुपमा रहे पनि सरकारको मुखपत्र भएको कारणले यो पनि स्वतन्त्र हुन सकिरहेको छैन । सरकारी नियन्त्रणमा रहेका रेडियो नेपाल, नेपाल टेलिभिजन, तथा सय बर्ष लामो इतिहास बोकेको गोरखापत्र समेत स्वतन्त्र हुन नसक्नु र सरकारको भजन गाउने प्रचलनले गर्दा पत्रकारिता थप चुनौती बनेको छ । गोर्खापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा राष्ट्रिय समाचार समिति (रासस) जस्ता संचार क्षेत्रलाई सरकारको भजनमण्डली बनाएको छ । राज्यको चौथो अंग मानिएको पत्रकारिता क्षेत्र सरकारको मुखपत्र हुदा निजी क्षेत्रमा प्रकाशन भएका पत्रिकाहरु लाई समेत समस्या बनेको छ । पछिल्लो समयमा पत्रपत्रिका मात्र होइन चार सयभन्दा बढी एफ.एम. रेडियो दर्ता भएका छन । राजनीतिक दलहरुको प्रचार गर्र्न र पत्रकारिता भन्दा पनि दलहरुको पर्चाकारिताका गर्ने उद्देश्यले राजनीतिक दलहरुको संरक्षणमा पत्रिकाहरु प्रकाशन हुने होड पनि उत्तिकै रहेको छ । अहिले सवै भन्दा बढी एकिकृत नेकपा माओवादीको प्रचारगर्न प्रकाशित भएका पत्रिकाहरु पार्टी विभाजनसगै पत्रिका प्रकाशनमा समेत विभाजन आएको छ । अहिले एनेकपा माओवादीको प्रचारप्रसारको माध्यामका रुपमा दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरु दर्जनौ प्रकाशित छन ।

भने एमाओवादीबाट विभाजित नेकपा–माओवादीले पनि प्रकाशन गर्न थालेको पत्रपत्रिकाहरु पनि दर्जनौ पुगि सकेका छन । राजनीति पत्रकारिता गर्ने उद्देश्यले स्थापित भएका पत्रपत्रिकाहरु ब्यवसायिक र स्वतन्त्र हुन नसक्दा पत्रकारिता राजनीतिक घेराभित्र रुमलिनु पनि पत्रकारिता क्षेत्रमा अर्को समस्या र चुनौती बनेको छ । यस्तै, विस २०४७ साल यता राजनिती दलहरुको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाहरुले निष्पक्ष समाचार प्रवाह गर्नुको सट्टा आफू पक्षधर पार्टीको विचार प्रवाह गर्ने र वास्तविकतालाई ढाकछोप गर्ने प्रवृति अन्त्य हुनु पर्ने आवश्यकता पनि हाम्रो सामु रहेको छ । पछिल्लो समय नेपालको मिडिया उद्योगमा ठूलो लगानी भई रहेपनि राजनीतिबाट अछुतो रहन नसक्नु र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महसंघमा पनि राजनीतिक भागबण्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुन सकेको छैन । तर पनि प्रेसका केहि कमीकमजोरीका बाबजुद सधै प्रेस र अभिब्यक्ति स्वतन्त्रता पेशागत हकहितका सबालमा नेपाली सञ्चारकर्मीहरुको साझा सर्वोच्च छाता संगठनको रुपमा काम गर्दै आएको छ । देशको आथिक उन्नतिमा मिडियाले एक उद्योगको हैसियतले गरेको योगदानको मूल्याङकन भने भइसकेको छैन तर पनि सामाजिक सांस्कृतिक राजनीतिक जीवनमा भने संचारको प्रभाव स्थापित भइसकेको छ । अझै सम्म पनि ग्रामिण पत्रकारितामा नेपाली पत्रपत्रिकाले उचित स्थान दिन सकिरहेको देखिदैन । त्यसैले नेपाली पत्रकारिताले ग्रामिण पत्रकारिताको क्षेत्रमा चासो दिन जरुरी देखिन्छ । पत्रकारिताको विकास सगै बर्तमान अबस्थामा राज्यले पत्रकारिता बिषय अध्यन गर्नको लागी विभिन्न क्याम्पस र उच्च मा.वि. मा समेत पत्रकारिता विषयको अध्याापन सुरु गरेको छ । त्यतिमात्र होइन पत्रकारहरुको लागी बिभिन्न संघ÷सस्थाहरुले पेशागत तालीमको आयोजना पनि गर्दै आएका छन । पछिल्लो समयमा यो सुविधा भनेको पत्रकारिता क्षेत्रमा लाग्ने मानिसहरुको लागी राम्रो अवसर हो । यस्तै सरकारले पनि पत्रपत्रिकाको विकाश र उचित संरक्षणको लागि पत्रपत्रिका चल्ने उचित स्रोत विज्ञापन पारदर्शी बनाउन जरुरी छ ।

विज्ञापनले मात्रै संचालन हुने संचार क्षेत्रमा वित्तिय संस्थाहरु र अन्य सम्भाब्यताको खोजी गर्नु नितान्त आवश्यक छ । प्रेस काउन्सिलको पत्रिका वर्गिकरणको नितिमा परिबर्तनको खाचो छ । जिल्लामा ५० प्रति पत्रिका प्रकाशन गर्ने ले राजनितिक पहुचको भरमा सजिलै पत्रिका वर्गिकरणमा पार्ने र हण्डि खाने प्रवृति बसेको छ । तर उच्च मनोबलका साथ स्थानिय समस्याहरुलाई उजागर गर्दै पत्रिका प्रकासन गर्ने पत्रिका वर्गिकरणमा नपर्नु परे पनि उचित मुल्याङ्नको स्तरमा नआउने पत्रिका प्रकाशकहरुको पिडा छ ।

तपाईको प्रतिक्रिया