ताजा  खबर :- धर्म ग्रन्थहरुमा भगवान शिवलाई महाकाल पनि भन्ने गरिएको छ । महाकालको अर्थ हो काल मतलव मृत्यु पनि जसको अधिन हुन्छ । भगवान शिव जन्म , मृत्युबाट मुक्त हुनुहुन्छ । थुप्रै धर्म ग्रन्थमा भगवान शिव शंकरलाई अनादि एवंम अजन्मा भन्ने गरिएको छ । भगवान शंकरसंग सम्बन्धित थुप्रै धर्मग्रंथ प्रचलित छन । तर शिवपुराण तिनिहरु मध्ये सबैभन्दा धेरै प्रामाणिक मानिन्छ । यो ग्रन्ंथमा भगवान शिवसंग सम्बन्धित थुप्रैे रहस्यमयी कुराहरु उल्लेख गरिएको छ । यसबाहेक यो ग्रन्थमा धेरै कुराहरु लेखिएको छ जसको बारेमा हामीलाई थाहा छैन ।

 

शिवपुराणमा भगवान शिवले माता पार्वतीको मृत्युको सम्बन्धमा केहि विशेष संकेत बताउनुभएको छ । यि संकेतलाई बुझेर यो थाहा पाउन सकिन्छ कि कुनै पनि मानिसको मृत्यू कति समयमा हुन सक्छ । यो समय भगवान शिवको सबै भन्दा प्यारो महिना श्रावण महिना चलिरहेको छ । यहि मौकामा हामी तपाईहरुलाई बताईरहेका छांै कि शिवपुराणमा मृत्यूको बारेमा के के संकेतहरु उल्लेख गरिएका छन ।

शिवपुराण अनुसार जुन मानिसलाई ग्रहको दर्शन त हुन्छ तर दिशाबारे ज्ञान हुदैन , मनमा चिन्ता भैरहन्छ मन शान्त हुदैन त्यस्तो मानिसको मृत्यू ६ महिना भित्र हुन्छ । शिवपुराणमा भगवान शिवले बताउनु भएको छ , कि जुन मानिसको टाउकोमा गिद्ध, कौवा अथवा परेवा बस्छ , त्यो मानिसको एक महीना भित्र मृत्यू हुन्छ । शिवपुराणमा उल्लेख गरिएको छ, यदि अचानक कुनै मानिसको शरीर सेतो वा पहेलो देखियो र उसको शरीरमा रातो निशान देखिएमा हामीले बुझनु पर्छ कि त्यो मानिसको मृत्यू ६ महिना भित्र हुन्छ । जुन मानिसको मुख , कान , आखा , र जिब्रो राम्ररी काम गरेन भने, शिवपुराण अनुसार उसको मृत्यु ६ महीना भित्र हुन्छ ।

जुन मानिसलाई चन्द्रमा वा सूर्यको किनारमा रहेका चम्किला घेराहरु कालो वा रातो देखिएमा त्यो मानिसको मृत्यू १५ दिन भित्र हुन्छ । अरून्धती तारा वा चंन्द्रमा जुन मानिसलाई नदेखिएमा अथवा जुन मानिसलाई अरु ताराहरु पनि राम्ररी नदेखिएमा त्यो मानिसको मृत्यू एक महीना भित्र हुन्छ ।

त्रिदोष ( वात, पित्त, कफ) मा जसलाई रुघा लाग्छ , उसको जीवन १५ दिन भन्दा धेरै चल्दैन । यदि कुनै व्यक्तिको मुख र कण्ठ घरिघरि सुख्खा हुन थालेमा बुझन पर्छ कि त्यो मानिसको ६ महिना भित्र आयु समाप्त हुन्छ । जब कुनै व्यक्तिलाई पानी, तेल, घ्यू वा शिशामा आफनो छाया नदेखिएमा , हामीले बुझनु पर्छ कि उसको आयू ६ महिना भन्दा धेरै छैन भनेर । जब कुनै मानिस आफनो छाया सिररहित देख्यो अथवा आफनो छायारहित पायो भने यस्तो मानिस एक महिना पनि जिवित रहन्न ।

जब कुनै मानिसको बाया हात एक हप्तासम्म लगातार फर्कियो भने उसको जिवन एक महिना मात्र बाकी रहन्छ भन्ने बुझनु पर्छ । जब शरीरको सबै अगंमा आलस्य आउन थाल्छ र तालु सुख्खा हुन थाल्छ भने त्यस्तो मानिस केवल १ महिना मात्र बाच्ने गर्छ । जुन मानिसलाई ध्रुव तारा अथवा सूर्यमण्डल राम्ररी नदेखिएमा । रातको समयमा इन्द्रधनुष र दिउसो उल्कापात भैरहेको देखिएमा एवंम गिद्ध र कौवाले घर घरेमा त्यो मानिसको आयू ६ महिना भन्दा धेरै हुदैन । यस्तो शिवपुराणमा बताईएको छ ।

जुन मानिस अचानक सूर्य र चन्द्रमालाई राहूले घेरेको देखेमा , वा चन्द्रमा र सूर्य कालो देखिन थालेमा ,सबै दिशा घुमिरहेको जस्तो देखिएमा , त्यो व्यक्तिको मृत्यु ६ महीना भित्रै हुन्छ । जुन मानिसलाई अचानक निलो रगंको झिगांले घेरेमा , त्यो मानिसको आयू एक महिना मात्र बाकी हुन्छ ।

तपाईको प्रतिक्रिया