गजल कस्तो-कस्तो नराम्रो आयो समाचार पनि, ठुलै कुर्सिमा पुग्यो रे हिजोको गद्दार पनि ।

भाँडभैलो छ देशमा कसरी फर्कनु चाडबाडमा, हरेक बर्ष फुस्रै-फुस्रै हुन्छ लाखौ निधार पनि ।

के सरकार छ भन्नु, दिउँसै लुटीने देशमा, साह्रै अशुरक्षित भयो हाम्रो परीवार पनि ।

ढलिरहने उठिरहने,कति साह्रो कमजोर-कमजोर, अपाङ्ग जस्तै भयो , मेरो देशको सरकार पनि ।

आज मिल्यो,  भोली बाज्यो,  पर्सि मार्दियो , कस्तो घिनलाग्दो यो,मान्छेको संस्कार पनि ।  -पुष्कर बराल

तपाईको प्रतिक्रिया