ताजा खबर :- सधैँ हजुर महिलाहरुको आमा बन्ने सहि उमेरको बारेमा मात्रै सुन्नुभयो होला की महिलाहरुले सहि उमेरमा गर्भधारणा गर्नु जरुरी छ तर के तपाई कहिल्यै पुरुषहरुको बुवा बन्ने सहि उमेरको बारेमा सुन्नुभएको छ ? अवश्य सुन्नुभएको छैन होला , किनकी पुरुषहरुको बुवा बन्ने सहि उमेरको बारेमा कसैले बताउन चाहदैन । त्यसैले आज हामी तपाईहरुलाई बताउछौं पुरुषहरुको बुवा बन्ने सहि उमेरको बारेमा ।

केहि समय पहिले भएको एक अनुसन्धान अनुसार जुन महिलाहरुको पार्टनर ४० वर्ष भन्दा धेरै उमेरको हुनुहुन्छ ति महिलाहरुलाई गर्भधारण गर्न धेरै नै समस्या भोग्नु पर्छ , महिलाहरु जति स्वस्थ्य भए पनि उनीहरुलाई आफनो पुरुष पार्टनरको उमेरले समस्या निम्त्याउछ । जुन महिलाहरुको पार्टनरको उमेर २५ वर्ष छ ती महिलाहरु छिट्टै प्रेगनेंट हुन्छन ।

आउनुहोस आज हामी तपाईहरुलाई यसको कारणबारे जानकारी दिनेछौं ।

बुवा बन्ने सहि उमेर

बुवा बन्नका लागि सहि उमेर सामान्यतया २२ देखि २५ वर्षलाई मानिन्छ । तर यो उमेरमा पुरुषहरुले प्रायजसो आफनो भविष्यको बारेमा सोच्ने गर्छन त्यसैले २८ वर्ष देखि ३० वर्षलाई पनि बुवा बन्नका लागि सहि समय मान्न सकिन्छ । तर ३० वर्ष कटिसकेपछि बुवा बन्नका लागि धेरै पुरुषहरुलाई समस्या पर्ने गर्छ , किनभने ३० बर्ष कटिसकेपछि शरीरको प्रजन्न क्षमतामा कमि आउन थाल्छ ।

टेस्टोस्टेरा‘न मा कमी

३० वर्ष कटिसकेपछि हरेक साल शरीरको टेस्टोस्टेरा‘न स्तरमा कमी आउने गर्छ , जसले गर्दा पुरुषहरुले ३० वर्ष उमेर कटिसकेपछि बुवा बन्नका लागि धेरै नै समस्या भोग्नुपर्छ ।

स्पर्मको गुणस्तरमा कमी

३० वर्ष पछि स्पर्मको गुणस्तरमा धेरै नै कमी आउने गर्छ । विस्तारै विस्तारै यो धेरै नै कम हुने गर्छ र यसको गतिमा पनि फरक पर्न थाल्छ जसको कारण पुरुषहरुलाई धेरै नै समस्याको सामना गर्नुपर्ने हुन्छ ।

खराब जीवनशैली

बृद्धि भैरहेको उमेरको साथसाथै खराब जीवन शैलीका कारणले पनि स्पर्मको गुणस्तरमा कमी आउने गर्छ । राम्ररी निद पुरा नहुनाले , खाने कुरामा पोषकतत्वको कमीले , धूम्रपानको सेवनले , यस्तै थुप्रै खराब जिवनशैेलीका कारण तपाईको शरीरमा नकरात्मक असर पर्न जान्छ , जसले गर्दा तपाईको फर्टि्लिटीमा कमी आउन थाल्दछ ।

तपाईको प्रतिक्रिया