एजेन्सी । भनिन्छ प्रेम अन्धो हुन्छ । यसका पुजारी अन्धभक्त नै हुन्छन् । उनीहरुले चाल्ने कदम जति घातक भएपनि उनीहरु उमेरअनुसार चाल्न पछि पर्दैनन् । यस्तै घटना घटेको छ भारतको कानपुरमा । जहाँ प्रेमीका पिताले गर्लफ्रेण्डसँग बोल्न नदिएपछि ११ कक्षामा पढ्दै गरेका १६ वर्षका ती किशोरले आत्महत्या गरेका छन् ।

१० कक्षामा पढ्दै गरेकी गर्लफ्रेण्डसँग नबोल्न भन्दै गाली गरेपछि आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले झुण्डिएर आत्महत्या गरेपछि उनको शवलाई प्रहरीले पोष्टमार्टमको लागि पठाएको छ ।

कानपुरको जरौलीका अरुण गुप्ताका १६ वर्षका छोरा अभयले यस्तो कदम उठाएका हुन् । पेशाले औषधी व्यापारी अरुण आफ्नी पत्नी सुधा, जेठो छोरा अमन कान्छा छोरा अभय र छोरी आकांक्षासँग बस्दै आएपनि छोराले चालेको यस्तो कदमपछि उनी निकै चिन्तित छन् ।

किशोरीसँग विगत ७ महिनादेखिको प्रेमले सार्थकता पाउन नसकेसँगै बुधबार बिहान आमा सुधा किचनमा जाँदा अभयको शव किचनमा झुण्डिरहेको अवस्थामा थियो ।

तपाईको प्रतिक्रिया