एजेन्सी । मानिसलाई सबैभन्दा बढी आघात कतिबेला पर्छ ? मृत्यु वा प्रेम बिछोडमा ? हालै भारतमा एक युवकले प्रेमीकाले छाडेर गएको झोकमा आफ्नो लिंग छेदन गरेका छन् ।

दक्षिणी भारतको तेलंगना राज्यको सम्सिपुरमा रुद्र प्रताप मुन्सला नामक २४ वर्षे युवाले प्रेमीकाले छाडेको झोकमा त्यस्तो हर्कत गरेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

जुन युवक हैदरावादको एक सफ्टवेयर कम्पनीमा कार्यरत छन् । उनले ५ वर्षदेखिको प्रेममा धोका पाएपछि त्यस्तो कर्म गरेको बताइन्छ ।

जसमा युवतीको परिवारको हात रहेको बुझीएको छ । युवकको गान्धी मेडिकल हस्पिटलमा उपचार जारी रहेको भारतीय मिडियाको भनाई छ ।

तपाईको प्रतिक्रिया