एजेन्सी । बेलायतमा एक २१ वर्षीय पुरुषले छोरीलाई जन्म दिएका छन् । लिंग परिवर्तनको प्रक्रियाको क्रममा स्पर्म डोनरको सहयोगमार्फत आमा बन्न सफल भएको डेलिमेलले उल्लेख गरेको छ ।

सुरुवातमा एक स्पर्म डोनरको सहयोगबाट गर्भवती भएको घोषणा गरेपछि हायडेन क्रास नाम गरेका युवाको चर्चा विश्वभर नै फैलिएको थियो। ति युवाले गत अप्रिल २९ तारिखमा छोरीलाई जन्म दिएका हुन् । बेलायतमा यसरी सन्तानलाइृ जन्म दिने पहिलो पुरुषका रुपमा उनले नाम समेत लेखाएका छन् ।

आधुनिक चिकित्सकीय प्रणाली अनुसार शल्यक्रियाबाट स्कट गत दुई वर्षदेखि आधिकारिक रुपमा एक पुरुषको रुपमा जीवनयापन गरिरहेका थिए । उनी वेस्ट लण्डनस्थित जेन्डर आइडेन्टिटी क्लिनिक आइचेरिङ क्रस अस्पतालमा उपचार भइरहेको छ । उनले लिंग परिवर्तन गर्ने प्रक्रियालाई ‘सारा’ लाई जन्म दिनका लागि स्थगित गरेको जानकारी गराएका छन्।

तपाईको प्रतिक्रिया