एजेन्सी । भारतको तेलांगना राज्यकी एक महिलाले ५ हजार रुपैयाँमा आफ्नी भर्खरै जन्मेकी छोरीलाई बेचेर दानवीय रुप देखाएकी छिन् ।

यसअघि नै चार छोरी र एक छोरालाई जन्म दिएकी ति आमाले अस्पतालमा सरसफाइको काम गर्ने व्यक्तिको सहयोगमा भद्राचलम शहरकी एक महिलालाई बच्ची विक्री गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

रिक्सा चलाउने काम गर्दै आएका उनका पतिले रक्सी खाएर आँफुलाई सहयोग नगरेपछि यस्तो कदम चालेको भन्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो खबर जब मिडियामा आयो तब बच्चा किन्ने महिलाले पुन बच्चीलाई आमाकै हातमा थमाइ दिइन् ।

तपाईको प्रतिक्रिया