काठमाडौं । सन्तोषी सुब्बा बहुआयामिक प्रतिभाकी धनि ब्यक्तित्व हुन् । उनले ३५ चराचुरुङी तथा जनावरको जस्ताको त्यस्तै आवाज निकाल्न सक्छिन् ।

सन्तोषीले कोईली, काग, बाँदर, बाघ, स्याल, कुकुर, बाख्रा, बोको, गाई, भैंसी, बिरालो लगायत ३५ वटा जीवजनावरका जस्ताको त्यस्तै आवाज निकाल्न सक्छिन् ।

उनलाई काभ्रेपलाञ्चोकका धने तामाङले धर्मपुत्रीको रुपमा हुर्काबढाई गरेका छन् । सुब्बाको बारेमा तामाङले भने,‘यी मेरी धर्मपुत्रि हुन, मैले १४ वर्ष पहिले चावहिलमा भेटेको थिएँ, त्यसपछि उनी मेरो धर्मपुत्रि भईन, उनको बुवा आमा जे भनेपनि मै हुँ, उनमा विचित्रको क्षमता छ।’

तपाईको प्रतिक्रिया