एजेन्सी । रोचक विचित्र , नयाँपनको प्रयोग र पुराना संस्कृतिको सदुपयोग गर्न भारतलाई कसैले सिकाईरहनु पर्दैन । विश्वका सामु नयाँ शक्ति राष्ट्रका रुपमा उदाइरहेको भारतले बेलाबेला देखाउने अनौठा हर्कतले विश्व अचम्ममा पनि पर्दै आइरहेको छ ।

भारतको मध्य प्रदेशको मण्डला जिल्लामा लामो समयदेखि पानी नपरेर अनिकाल नै मच्चिएपछि जिवित माहिलाको शव यात्रा निकालिएको छ ।

मनसुन समयमा नभएपछि पञ्चायतको निर्णयमा यसरी जिवित महिलालाई शवयात्रामा सहभागीता गराएर जुनवानी गाउँका बासिन्दाले भगवान इन्द्रलाई प्रसन्न गराउने काम गर्ने गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसरी शवयात्रा निकालेसँगै मनसुन सक्रिय हुने र पानी समेत पर्ने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया