एजेन्सी । भगवानै भगवान मन्दिरको बीचमा रहेको भारतको एक स्थान भुताहा नामले चर्चित छ । जहाँ अहिले बस्ती नै उजाडिइसकेको छ । यो ठाउँलाई श्राप पर्नाले भुताहा स्थान बनेको विश्वास छ ।

महिला गुरु बालुनाथले ध्यान गरिरहेको समयमा उनको ध्यानलाई भंग गर्ने चेष्टा गरेपछि कुनै महल नबनाउन चेतावनी दिएपछि उनको चेतावनी विरुद्ध कदम चालिएसँगै उक्त स्थानलाई श्रापका कारण सहर ध्वस्त भएको बताइन्छ ।

गुरुको श्रापसँगै उक्त स्थानको हालीमुहालीमा नै परिवर्तन आयो । भग्नावशेषको रुपमा रहेको यो स्थान भारतको राजधानी दिल्लीभन्दा ३ सय किलोमिटर टाढा राजस्थानको अलवरमा पर्छ ।

यो ठाउँमा साँझ पर्ने बित्तिकै मानिसहरु जान डराउँछन् । उक्त ठाउँलाई एक तान्त्रिकले पनि श्राप दिएका कारण एकाएक ध्वस्त भएर खण्डहरमा परिणत भएपछि गएकाहरु नर्फकिएको समेत बताइन्छ ।

तपाईको प्रतिक्रिया