एजेन्सी । घरको छतमा ठूल ठूला बोट बिरुवा अनि छतमा नै सरर गाडी गुडेको तपाईले कहिल्यै देख्नुभएको छ ? चीनको चोंगक्विङ सहर माथीको पाँचतले घरको माथी देखिएको सडकको तस्विर अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

५ तले घरमाथि गाडी नै गुड्ने यो सडक विश्वमा नै भिन्न शैलीको भएको भन्दै संसारभर यसको चर्चा सुरु भएको छ । जुन हेर्दा निकै रोमाञ्चक र आर्कषक छ ।

उक्त सडकको तल्लो तलामा रहेका पसलहरु पनि आर्कषणको केन्द्रबिन्दु नै बनेको चिनिया समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार यो सडक विश्वकै नमुना सडक मध्येको एक हो । जसलाई हेर्नेको घुँईचो नै लाग्छ ।

तपाईको प्रतिक्रिया