काठमाडौँ – गर्मी मौसममा शरीरमा एलर्जीले सताउने समस्या लिएर अस्पताल धाउने बिरामी धेरै नै हुन्छन् । यो मौसममा एलर्जी, छालासम्बन्धी रोग, शरीर सुक्खा हुने, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी नै हुन्छ । सुक्खा मौसममा छाला जोगाउन हामी विभिन्न केमिकलयुक्त क्रिम, साबुन तथा जेल प्रयोग गर्छौं । यस्तै, हेलचेक्र्याइँपूर्ण कार्यले गर्दा छालालाई असर पर्ने तथा एलर्जी हुने समस्या निम्तिन्छ । गलत औषधिको प्रयोग तथा विभिन्न क्रिम, साबुन, जनावरमा हुने कीटाणु, रङ आदिका कारण एलर्जी हुन सक्छ । एलर्जीकै कारण रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने, खोकी लाग्नेजस्ता समस्या आउन सक्छ । सुक्खा मौसममा हुने एलर्जीबाट बच्न अपनाउनुपर्ने सावधानीका बारेमा सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका सुझाब यस्ता छन् स्

यो मौसममा धेरै हावाहुरी चल्ने गर्छ । जसले गर्दा धुवाँ–धुलोमार्फत हाम्रो शरीरको छालामा कीटाणु टाँसिन गई शरीरमा एलर्जी हुन सक्छ । त्यसैले एलर्जीजस्ता समस्याबाट जोगिन पहिले धुलो र धुवाँबाट बच्नुपर्छ ।

घरबाट बाहिर निस्कँदा धुवाँ–धुलोबाट जोगिन सम्पूर्ण शरीर ढाकेर हिँड्नुपर्छ । जसले गर्दा शरीरमा कीटाणुले सीधै प्रवेश गर्न पाउँदैन ।

घरबाहिर गएर आएपछि नुहाउनुपर्छ । साबुनपानीले राम्रोसँग हातखुट्टा धुन बिर्सनु भएन । हातखुट्टा साबुनपानीले धुँदा ८० प्रतिशत कीटाणु मर्छन् ।

यो सुक्खा मौसम भएकाले प्रशस्त पानी पिउनुपर्छ । हावाहुरीले शरीर सुक्खा हुने हुँदा शरीरमा पानीको मात्रा कम हुन सक्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनि एलर्जी हुन्छ । सोही कारण सुक्खा मौसममा प्रशस्त पानी पिउनुपर्छ ।नयाँ पत्रिकामा खबर छ ।

यो मौसममा सरुवा रोगका कीटाणुहरू बढी नै सक्रिय हुन्छन् । सोही कारण सरुवा रोगका बिरामी भएको ठाउँ, अत्यन्तै धुलो उड्ने ठाउँमा विशेष काम परे मात्र जानुपर्छ ।

धेरै घाममा नबस्ने, धेरै घाममा बस्दा पनि हाम्रो शरीरमा एलर्जी हुन सक्छ ।

एलर्जी भयो भने अत्यधिक चिलाउँछ । छाला रातो हुन्छ । धेरै कन्याउँदा छालासम्बन्धी अन्य रोग पनि लाग्न सक्छ । त्यसैले चिकित्सकलाई देखाएर उपचार गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया