डा. राकेशकुमार साह बेरियाट्रिक तथा ग्यास्ट्रो सर्जन विश्वमा नै पित्तथैलीको पत्थरी झिक्न गरिने अप्रेसन सबैभन्दा धेरै गरिने अप्रेसनअन्तर्गत पर्छ । पित्तथैलीको पत्थरीको एक मात्र उपचार अप्रेसन गरेर निकाल्नु हो । सामान्यतः पित्तथैलीको पत्थरीका बिरामीमा त्यस्तो कुनै लक्षण देखिँदैन । अरू कुनै कारणले पेटको भिडियो एक्सरे गर्दा पित्तथैलीमा पत्थरी देखिन सक्छ । सोही आधारमा उपचार गर्नुपर्ने हुन्छ । यस्तो पत्थरी हुनेमध्ये अधिकांशलाई पेट दुख्ने समस्या देखापर्छ । सामान्यतया पित्तथैलीको पत्थरी भएका मानिसमा देखापर्ने लक्षणबारे डा। राकेशकुमार साह यसो भन्छन् स्

अत्यधिक मोटोपन, मधुमेह भएका बिरामीलाई पत्थरी हुन सक्छ । त्यस्तै, शरीरको तौल धेरै घट्नु, निरन्तर खाली पेट व्रत बस्नु, रक्तअल्पता हुनु पनि यसको लक्षण हो । गर्भनिरोधक चक्कीको बढी सेवन गर्दा पनि पित्तथैलीमा पत्थरी हुन सक्छ ।

पत्थरीका कारण हुने दुखाइ दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । यो दुखाइ कहिलेकाहीँ दाहिने पाखुरा वा ढाडतिर पनि सर्न सक्छ । चिल्लो खानेकुरा खाएपछि यस्तो दुखाइ बढ्ने गर्छ । यसरी देखापरेको दुखाइ २४ घन्टाभित्रै ठीक हुने गर्छ । जटिल हुँदै गएपछि हरेक दिनजस्तो दुख्न थाल्छ ।

पित्तथैलीको पत्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो भान हुने, अपच हुने र डकार आउने हुन्छ ।

पित्तथैलीको पत्थरीबाट कमलपित्त ९जन्डिस०, अग्नाशयको संक्रमण, पित्तथैलीको क्यान्सरजस्ता समस्या देखापर्न सक्छ । दुखाइ कम हुने कारण कतिपय बिरामी अप्रेसन गरेको चारदेखि ६ घन्टाभित्रै हिँडडुल गर्न सक्छन् । सामान्य मानिससरह खानेकुरासमेत खान सक्छन् ।

अप्रेसन गरेको २४ घन्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न पनि सकिन्छ । अप्रेसनको ४८ देखि ७२ घन्टामा बिरामी सामान्य जीवनशैलीमा कामकाज गर्न सक्ने हुन्छन् ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया