एजेन्सी । अष्ट्रेलियाकी युवती मोनिके जेफ्रेलाई हाँस्नका लागी प्रतिबन्ध लगाइएको छ । केही समय अगाडी साथीले चुट्किला सुनाएपछि हाँसेकी उनको हाँस्दा हाँस्दै गर्दनको हड्डी नै भाँचिएपछि उनी अहिले जीवनकै सबैभन्दा अप्ठ्यारो मोडमा छिन् ।

उनको उपचारमा संलग्न चिकित्सकले पनि हाँसदा हड्डी भाँचीएको घटना पहिलो पटक देखेको र छक्क परेको प्रतिक्रिया दिएका छन् ।

ति युवतीको यसअघि पनि हाच्छिउँ गर्दा हड्डी टुटेको थियो । त्यसपछि उनले रड राखेर आफ्नो गर्दन सोझो बनाएकी थिइन् । त्यसबेला उनलाई निको हुन १४ हप्ता लागेको थियो । अहिले उनी ठीक त भएकी छिन् तर उनलाई डाक्टरले हाँस्न मनाही गरिदिएका छन् ।

तपाईको प्रतिक्रिया