एजेन्सी । किस गर्न खोज्ने युवकलाई टोकेर सर्प भागेपछि अमेरिकामा हंगामा नै मच्चिएको छ । अमेरिकाको फ्लोरिडाको पुटन्याम काउन्टीमा रोन रोनल्डलाई र्याटलस्नेक नामक विषालु सर्पले किस गर्ने क्रममा टोकेपछि उनी अस्पताल भर्ना हुन बाध्य भएका हुन् ।

र्याटलस्नेक अमेरिकामा पाइने एक विषालु सर्प हो । रोनका एक छिमेकीले उक्त सर्पसँग खेल्न सुरु गरेको थियो । खेलको क्रममा रोनले सर्पको खतरालाई बुझ्न सकेनन् र यस्तो गल्ती गरे । उनलाई एयर एम्बुलेन्समार्फत अस्पताल पुर्याइयो जहाँ उनको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया