एजेन्सी । हरेक मानिससँग सहन सक्ने क्षमता नाघेपछि उसले जे पनि गर्छ भन्ने कुराको पछिल्लो उदाहरण भारतमा देखिएको छ । भारतको भारतको केरलास्थित तिरुवनन्तपुरममा श्रीहरी नामले चिनिने गणेशानन्द तीर्थपदा पारिवारिक धर्मगुरुले पटक पटक बलात्कार गरेको भन्दै युवतीले उनको लिंग नै काटिदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अन्तराष्ट्रिय मिडियाका अनुसार १६ वर्षको उमेरदेखि यौन शोषणमा रहेकी एक भारतीय युवतीले पटक–पटक बलात्कार गरेर यौन शोषण गरेपछि ५४ वर्षीया बृद्ध धर्मगुरुको लिंग नै काटिदिएकी छिन् । आरोपित धर्मगुरुलाई अहिले अस्पताल भर्ना गरीएको छ ।

युवतीले प्रहरीलाई दिएको बयानमा घरमा कोही नभएको अवस्थामा गुरुले फेरी बलात्कारको प्रयास गरेपछि युवतीले अत्याचार सहन नसकेर लिंग काटिदिएको बताएकी छिन् । यो घटना लगत्तै महिलावादीहरुले धर्मगुरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया