एजेन्सी । भुटानमा एक युवकलाई यौनसम्बन्ध राखेको आरोपमा अदालतले ९ वर्ष जेल सजाय सुनाएको छ । तर रोचक कुरा के छ भने ती युवकले सहमतिमै १६ वर्षिय किशोरिसंग यौनसम्बन्ध राखेका थिए । २६ वर्षिय यशी दर्जीले थिम्पुकी एक स्थानिय १६ वर्षिय किशोरीसंग यौन सम्बन्ध राखेका थिए । किशोरीका सौतेनी आमा र बाबु घर नभएको बेला मध्यराती १ बजे किशोरीको कोठामा पुगेको र रात बिताएको तथा त्यस रात सहमतिमै यौन सम्पर्क भएको दोर्जीको भनाइ छ । किशोरीले यौन सम्पर्क गरेको कुरा आमा बुबालाई नभनेपनि बहिनीसँग भनेकि र बहिनीले आमालाई भनेपछि घटना सार्वजनिक भएको बताइएको छ । भुटानमा १८ वर्ष मुनिकालाई नावालक ठानिन्छ ।

तपाईको प्रतिक्रिया