ताजा खबर :- कुनै पनि मौसम होस् तर शरीरको दुर्गन्ध सबैलाई उदास गराउछ । बजारमा उपलब्ध डियोड्रेन्ट र परफ्यूम प्रयोग गर्दा केहि मात्रामा राहत मिल्छ । तर लामो समय सम्म शरीरलाई सुगन्धित बनाई राख्न विशेष आहारव्यहारमा उचित परिवर्तन गर्न आवश्यक हुन्छ । जान्नुहोस केहि यस्ता फूडका बारेमा जसले तपाईको शरीरलाई दुर्गन्धबाट सधैँको लागि छुटकारा दिन्छ । 

कागती

कागतीमा हुने एन्टीब्याक्टीरियल गुण शरीरको दुर्गन्धबाट टाढा राख्छ । यसले मुखको गन्धबाट पनि बचाउँछ । दिनहुँ बिहान एक गिलास तातो पानीमा कागती मिलाएर पिउनुहोस् । यसले भिटामिन-सी को कमीलाई पूरा गर्छ र साथमा शरीरलाई पनि  सुगन्धित राख्छ । 

टमाटर

दिनहुँ टमाटरको जूस अथवा सूप लिँदा शरीरको तापक्रम बराबर रहन्छ । यदि धेरै मात्रामा पसिना आउँछ भने टमाटरलाई सलादमा समावेश गर्नु पर्दछ । यसले शरीरमा टोक्सिस नष्ट हुन्छ । जसले शरीर सुगन्धित हुन्छ । 

ग्रीन टी

एन्टीअक्सीडेन्टले भरिपूर्ण ग्रीन टी सेवनले मुखको गन्ध, शरीरको दुर्गन्ध र खुट्टामा पसिना आउने समस्याबाट छुटकारा मिल्छ । ग्रीन टी ले  ग्लूटाथियोन बनाउँछ।  जसले शरीरको विषालु टोक्सिसलाई टाढा राखी बोडी डिटोक्सिफाई गर्छ ।  जति टोक्सिस कम हुन्छ उति नै शरीरको दुर्गन्ध कम हुन्छ ।

दालचिनी

शरीरको दुर्गन्धलाई टाढा राख्न किचनमा रहेको मसला पनि प्रभावकारी हुन्छ । दालचिनीमा रहेको तेल मुखबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।

मेथी

मेथीको दानालाई रातभरि भिजाएर राख्नुहोस् । बिहान उठेर यसलाई चबाउँदा शरीरको दुर्गन्ध हट्छ । भिटामिन र मिनरलले भरिपूर्ण मेथी पचानको लागि राम्रो मानिन्छ ।

तपाईको प्रतिक्रिया