एजेन्सी। गुगल र फेसबुकको सिस्टम ह्याक गर्नेलाई मास्टर माइन्डेड नै भनिन्छ । कारण हो गुगल र फेसबुकको विशेष सेक्युरिटी । आफ्नो सुरक्षाको लागि करोडौं डलर खर्च गर्ने फेसबुक र गुगललाई ठाडै चुनौती दिएर लिथुवानियाका नागरिक इवालडास रिमासोसकासले सय मिलियन डलर ठगी गरेका हुन् ।

गुगल र फेसबुकका कर्मचारीलाई झुक्काएर त्यो रकम विदेशी बैंकको खातामा ट्रान्सफर गराएर फरार रहेका इवालडासलाई प्रहरीले अहिले भने पक्राउ गरेको छ । चोरीको विषयलाई भने अहिलेसम्म गोप्य राखिएको थियो । चर्चित बिजनेस म्यागजिन फर्च्युनले यो घटनाको खुलासा गरेको हो।

तपाईको प्रतिक्रिया