एजेन्सी । संसारकै सबैभन्दा बढी उमेरका मानिसको एक सय ४६ वर्षको उमेरमा निधन भएको छ । इन्डोनेसियाका सोडिमेड्जोको जाभाको मध्य क्षेत्रमा रहेको घरमै निधन भएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार उनको घरमा फेला परेका कागजातलाई आधार मानेर सन् १८७० को डिसेम्बरमा भएको जन्मका आधारमा अहिलेसम्मकै बुढा ब्यक्तिको रुपमा दाबी गरिएको थियो । एासताको उपचारपछि घर फर्के लगत्तै उनको निधन भएको बिबिसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया