एजेन्सी । चीनका ली चिङ्ग यून नामक एक ब्यक्ति संसारकै सबैभन्दा बढी बाँच्ने मानिस भएको एक तथ्यांक फेला परेको छ ।

सन १९३३ मा न्यूयोर्क टाइम्समा प्रकाशित एक चिनियाँ इतिहासकार बु चंग जीको एक अध्ययनअनुसार चीनका यून अहिलेसम्मकै सबैभन्दा बढी बाँच्न सफल ब्यक्ति भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार उनी २५६ वर्षसम्म बाँचेका थिए । उनका २ सय भन्दा बढी सन्तान र २३ श्रीमती भएको प्रकाशित रिर्पोटमा उल्लेख छ । उनी एक प्राकृतिक चिकित्सक थिए भने मार्शल आर्टका ज्ञाता पनि थिए ।

१६७७ मा जन्मिएका यूनले साक्षात्कारका क्रममा इतिहासकार वु चङ्गलाई एक पुरानो दस्तावेज दिएका थिए । सोही दस्तावेजका आधारमा न्यूर्योक टाइम्सले रिर्पोट छापेको हो ।

तपाईको प्रतिक्रिया