एजेन्सी । ब्रिटेनमा घर किन्नु ठूलो चुनौतीको विषय हो । किनकी करोडौँ रुपैयाँ खर्च गरेर भन्दा ब्रिटेनमा फ्ल्याट भाडामा लिएर बस्नु कैयौँ गुना सस्तो सहज र आनन्द हुन्छ ।तर बेलायतको योकशायरको नामको गाउँ नै सस्तोमा बिक्रि हुने खबरले उक्त् गाउँ किन्नेको ताँती नै लागेको छ ।

किनकी उक्त गाउँका मालिकको मृत्यु भएपछि बिक्रि गर्न खोजीएको हो ।२० मिलियन पाउण्ड तोकीएको योकशायर गाउँमा ४० वटा घरधुरी छन् । जसमध्ये बिक्रि गर्न खोजीएको यो रकम बेलायतको अन्य स्थानमा घर किन्दा लाग्ने सरहको हो ।

एक हजार हेक्टरमा फैलीएको गाउँको हक १५० वर्षदेखि एकै परिवारका सदस्यमा भएकाले उनको मृत्युपछि बिक्रिका लागी राखिएको हो ।उक्त गाउँमा हरेक तरहको सुविधा छ जहाँ एक चर्च प्राइमरी स्कूल र प्लेइंग फील्ड समेत रहेको छ ।

तपाईको प्रतिक्रिया