एजेन्सी । अजिंगरको दादागिरी सँधै सबै ठाउँमा लागू हुन्छ भन्ने छैन । जसको पछिल्लो उदाहरण देखियो ब्राजिलको जंगलमा । अन्य जनावरलाई जसरी आफ्नो कब्जामा पारेर दुम्सिलाई आहारा बनाउन खोज्दा अजिंगर अप्ठ्यारोमा पर्यो ।

दुम्सीलाई आक्रमण गरेको अजिंगरले दुम्सीलाई खान खोज्दा दुम्सिको आक्रमणबाट अजिंगरलाई हानी भयो ।

अजिंगरको आहारा हुनबाट आफूलाई जोगाउनका लागि दुम्सीले आफ्नो काँडा सबै अजिंगरको शरिरमाथि गाडिदिएपछि अजिंगर निकैबेर छटपटाएको भिडियो समेत बाहिरिइएको छ ।

तपाईको प्रतिक्रिया