सुनिता विष्ट – श्रीयुक्ति ब्युटिपार्लर कपालमा चाया पर्ने गुनासो अधिकांशको हुन्छ । महिला या पुरुष दुवै चायाले पीडित हुन्छन् । लामो कपाल हुने भएकाले तुलनात्मक रूपमा महिला नै चायाबाट सताइन्छन् । जसलाई जसरी चायाले सताए पनि उपाय भने एकैखाले अपनाए पुग्छ । ब्युटिसियन सुनिता विष्टले चाया हटाउने सजिला तीन प्याकबारे जानकारी दिएकी छिन्:

कपुर कपुर चायाको शत्रु हो । नरिवलको तेलमा कपुरको धुलो मिसाएर पेस्ट तयार पार्नुहोस् । पेस्ट कपालको जरैदेखि लगाएर मसाज गर्नुहोस् । हप्ताको एकपटक यो पेस्ट प्रयोग गरेर कपाल पखाल्दा चायाको समस्याबाट मुक्ति मिल्छ । कपुरले कपालमा चमक पनि ल्याउ“छ ।

घ्युकुमारी घ्युकुमारीमा पनि चाया हटाउने क्षमता हुन्छ । कपालमा प्रयोग गर्ने कुनै पनि तेल र घ्युकुमारीको जेल मिलाएर पेस्ट तयार गर्नुहोस् । यो पेस्टले कपालको जरैदेखि लगाएर मसाज गर्नुहोस् । झन्डै आधा घन्टापछि सादा पानीले पखाल्दा चाया रहन पाउ“दैन । हप्तामा एकपटक घरमै यो प्याक प्रयोग गर्न सकिन्छ ।नयाँ पत्रिकामा खबर छ ।

चामल चामल खान मात्रै होइन, चाया हटाउन पनि उत्तिकै उपयोगी हुन्छ । खासगरी चौलानीले यो भूमिका खेल्छ । चामल भिजाएर हल्का खस्रो हुनेगरी पिस्ने र पानीसहितको पेस्ट कपालमा लगाएर १०–१५ मिनेटसम्म रहन दिने । यसपछि बिस्तारै–बिस्तारै रगड्दै नुहाउ“दा चाया हट्छ । चामलको पेस्टले कमाल मुलायम र चम्किलो पनि हुन्छ ।

तपाईको प्रतिक्रिया