ताजा खबर:- सुर्ती तथा सुर्तीजन्य पदार्थ  सेवन गर्दा दाँतमा कालोपन बढ्ने गर्दछ । धेरै कोशिश गर्दा पनि यो समस्याबाट निदान पाउन गाह्रो हुने गर्दछ । यस्तो अवस्थामा तपाईलाई धेरै ठाउँमा लज्जित हुनु पर्ने हुन्छ । यो स्वास्थ्यको लागि पनि निकै हानिकारक हुने गर्दछ यस द्वारा विभिन्न किसिमको रोगहरु लाग्ने गर्दछ । दाँतमा जमेको दागलाई सजिलै हटाउन सकिन्छ । जान्नुहोस् उपाय…. १ . दिनमा दुई पटक दाँतलाई सफा गर्नुहोस् र साथमा जीब्रोको सफाई गर्न भुल्नु हुँदैन । २. दाँतको सतह सफा र चिल्लो राख्नुहोस् । जसमा सुर्तीजन्य पदार्थको दाग जम्दैन  दिनमा दुई पटक अनिवार्य रुपमा ब्रश गर्नुहोस् । ३ . खान पश्चात कुल्ला गर्न नभुल्नुहोस् । विशेषगरि सुर्तीजन्य पदार्थ सेवन गरेपछि कुल्ला गर्नु पर्दछ । ४ . ब्रश गरेपछि दाँतमा बेकिंग पाउडरले सफा गर्नुहोस् । यसले सुर्तीजन्य पदार्थको दाग हट्छ । ५ . दिनहुँ गाँजर खानुहोस् ।  गाँजरमा रहेको रेशाले तपाईको दाँतको बीचमा फसेको गन्ध सफा गर्छ ।

तपाईको प्रतिक्रिया