ताजा खबर :- हालै एक रिसर्चमा रेस्टुरेन्टको केहि चीजहरू शौचालयको कवर भन्दा १०० गुणा धेरैँ फोहोर हुने बताईएको छ। आज हामी बताउँछौ, खास ती कुन चीज हुन र कसरी तपाईको सम्पर्कमा आएर रोगी बनाउँछ। यति मात्र नभई कसरी रेस्टुरेन्टको खाना खाएर तपाई निरोगी रहन सक्नु हुन्छ, हामी बताउँछौ। सबैभन्दा पहिले ती कुन चीज बाट सावधानी अपनाउनु पर्छ, जान्नूहोस्। मेन्यू कार्ड:- रेस्टुरेन्टमा खानाको लागि के-के पकाउनु पर्ने र त्यसको कति-कति मूल्य हो। यसको लागि एक मेन्यू कार्ड रहेको हुन्छ। तर के तपाईलाई थाहा छ? जून मेन्यू कार्डको खाना अडर गर्नको लागि हामी धेरै मिनेट सम्म समात्ने गर्दछौँ त्यहि मेन्यू कार्ड रेस्टुरेन्टमा सबैभन्दा बढी फोहोर हुन्छ।

चिकित्सकका अनुसार, यो मेन्यू कार्ड शौचालयको कवर भन्दा पनि १०० गुणा बढी फोहोर हुन्छ। मेन्यू कार्डमा स्टेफिलोकोकस ओरियस, एस्चेरिचिया कोलाई ब्याक्टेरिया हुन्छन्। यो खतरनाक ब्याक्टेरिया 2 दिन सम्म जीवित रहन सक्छन्। यी ब्याक्टेरियाले सीधा लिभरमा असर गर्छन्। यसकारण पेट खराब हुनुको साथै पीलिया पनि हुन सक्छ।

खासगरेर रेस्टुरेन्टमा आउने मानिसहरूको हात द्वारा मेन्यू कार्ड जान्छ। यसकारण यसलाई लेमिनेट गर्ने गरिन्छ तर यसको ठीक सँग सफाई गरिदैँन। जानकारीको अनुसार, मेन्यू कार्डको सबैभन्दा तल्लो भाग र दायाँ र बायाँको भागमा धेरैँ ब्याक्टेरिया हुने गर्छ। नून-खुर्सानीको डिब्बा:- मेन्यू कार्ड बाहेक नून-खुर्सानी र केचअप टेबलमा राखिएको हुन्छ। यसमा पनि धेरैँ मात्रामा ब्याक्टेरिया हुन्छ। चिकित्सकका अनुसार, यसको प्रयोग र छुदाँ पनि ब्याक्टेरियाले तपाईलाई इफेक्ट गर्छ। खानाको माध्यमले पनि यी ब्याक्टेरिया शरीरको भित्र जाने गर्छ। कुर्सी:- सामान्यतयः ठूला होटेलमा र रेस्टुरेन्टमा वेटरले नै तपाईको कुर्सी अगाडि तानेर बस्ने ठाउँ बनाउँछन् तर साना रेस्टुरेन्टमा यस्तो हुँदैन। आफ्नो पालो आउने बित्तिकै साना रेस्टुरेन्टमा मानिसहरू कुर्सीमा बस्छन। यस्तो अवस्थामा तपाई ब्याक्टेरिया को सम्पर्कमा आउन सक्नु हुन्छ। बाथरूमको ढोकाको ह्याण्डल:- रेस्टुरेन्टको कुर्सी जस्तै रेस्टुरेन्टको बाथरूमको ह्याण्डल पनि विभिन्न किसिमका मानिसले प्रयोग गर्छन। यसमा पनि मेन्यू कार्डमा झैँ धेरैँ मात्रामा ब्याक्टेरिया हुने गर्छ।

कसरी आँफैलाई सुरक्षित राख्ने:- रेस्टुरेन्टमा जाँदा खतरा हुन्छ भन्ने कुरा जानकारी हुँदा पनि मानिसहरू त्यहाँ खाना खान छोड्दैनन्। यसका लागि एक्सपर्टले बँच्नका लागि एउटै कुरा बताएका छन्, हात धुनुहोस्। खाना खानु भन्दा पहिले हात धुन अति आवश्यक हुन्छ। हात धुदाँ तपाई धेरैँ मात्रामा ब्याक्टेरिया कम गर्न सक्नुहुन्छ। ह्याण्ड सेनेटाइजर भन्दा बरु हात सबुनले धुनुहोस्।

ह्याण्ड सेनेटाइजर खतरनाक:- धेरै जसो मानिसले बच्चाको ह्याण्ड वाश गर्नु भन्दा बरु ह्याण्ड सेनेटाइजरले हात सफा गर्ने गर्छन्। तर यूएस सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्शनको रिपोर्टका अनुसार, यस्तो गर्नु खतरनाक हुन सक्छ। ह्याण्ड सेनेटाइजरको प्रयोग द्वारा बच्चाको पेट पोल्ने, उल्टी र पेटमा दुखाई हुन सक्छ। यस्तो स्थितिमा साबुनले हात धुनु नै एक मात्र राम्रो उपाय हो।

तपाईको प्रतिक्रिया