ताजा खबर :- गाउट जसलाई हामी सामान्य भाषामा ‘गठिया’ एवम ‘बाथ’ नाम ले चिन्ने गर्दछौँ। शरीरमा सामान्य रूप भन्दा अधिक मात्रामा Uric Acid बढ्नाले यो रोग देखा पर्दछ। Uric Acid एक विषालु तत्व हो जून Puriness द्वारा बन्दछ। सामान्यतयः किड्नीले इस विषालु तत्वलाई मूत्रको माध्यम बाट बाहिर निकाल्छ। कुनै कारणवश किड्नीको कार्यक्षमता कम हुन गएमा रगतमा Uric Acid को मात्रा बढ्छ र यो विषालु तत्व छोटो-छोटो स्फटिकको रूपमा जोर्नीमा जम्मा भई दुखाई, सूजन आदि लक्षण उत्पन्न गर्दछ। गठिया रोगको लक्षण के के हुन् ?

– गठिया रोगमा जोर्नीमा Uric Acid जम्मा हुनका कारण दुखाई र सूजन जस्ता लक्षण देखा पर्दछ। –रोग धेरै बढ्नाका कारण हिडडुल गर्न गाह्रो हुन्छ। –जोर्नी लाई बिस्तारै छुदाँ पनि निकै दुखाई हुन्छ। – पीडितको जोर्नी रातो हुन थाल्छ। –कहिले कही जोर्नीको आकार परिवर्तन हुन्छ। –यो रोग प्रायः खुट्टाको औँलामा हुन्छ। यो बाहेक घुडाँ, औलाँ, मेरूदण्डको जोर्नी, कुइना, र कम्मरको जोर्नीमा पनि यसको असर हुन सक्छ। –पुरूषको रगत जाँचमा Uric Acid को मात्रा 7.2mg/dl भन्दा धेरै आउँदा गठिया (Huperuricemia/Gout) को उपचार गरिन्छ। –महिलाको रगत जाँच मा Uric Acid को मात्रा 6.1mg/dl भन्दा धेरै आउँदा गठिया (Hyperuricemia/gout) को उपचार गरिन्छ। गठिया रोगका कारणहरू:–

–गठिया रोग Uric Acid को अधिक मात्राको कारण हुन्छ। –महिलाको तुलनामा यो रोग पुरूषमा अधिक पाईन्छ। –शरीरमा Uric Acid बढ्नुका कारण जस्तै मोटोपन, धेरै अल्कोहल सेवन, अत्यधिक Purine यूक्त पदार्थ जस्तै मांसाहार, Aspirin र धेरै पिशाब हुनको लागि प्रयोग गरिने औषधी र अनुवांशिकता आदि कारणले गठिया रोग हुन सक्छ। –कुनै ठूलो रोग वा शल्यक्रिया पछि गठिया हुने खतरा रहन्छ। गठिया रोगको उपचार कसरी गर्ने ?

– गठिया रोगको उपचार गर्नको लागि डाक्टरले रोगीलाई जाँच गराई दुखाई र सूजन कम गर्नको लागि स्टेरोयड र दुखाई कम हुने औषधी दिने गर्छन्।

–यसको साथै रगतमा Uric Acid कम गर्ने औषधी दिने गर्छन्। –पीडित जोर्नीलाई आराम दिन सल्लाह दिन्छन्।

–अत्यधिक दुखाई र सूजन हुँदा पीडित जोर्नीमा ice लगाउन सकिन्छ। –पीडित व्यक्तिलाई वजन नियन्त्रण, व्यायाम र आहार परिवर्तन गर्ने सल्लाह दिन्छन्। –अत्यधिक दुखाई र सूजन हुँदा Uric Acid को Crystal

स्फटिक निकाल्नको लागि शल्यक्रिया/Operation गर्न सकिन्छ।

गठिया रोगमा कस्ता आहार लिने ?

अधिक Potassium यूक्त आहार लिनु पर्दछ जस्तै:- दही, केरा, तरुल, मकै, कोदो, दलिया, जौ, सुख्खा आरू आदि। अधिक Complex Protein यूक्त आहार लिनु पर्दछ जस्तै:-जामुन, अजवाइन, साग, गोभी आदि। अधिक Bromelain र Vitamin C यूक्त आहार लिनु पर्दछ जस्तै:- अर्सी, भुइकटहर, कागती, रातो गोभी, जैतूनको तेल आदि। धेरै Purine यूक्त आहार लिनु हुँदैन जस्तै :- खमीर, सुंगुरको मासु, फूलगोभी, पालक, मटर, मशरूम, शितपेय, मासु आदि।अधिक जानकारीको लागि तपाई विशेषज्ञ कहाँ सल्लाह लिन सक्नुहुन्छ। गठिया एक अति पिडादायी रोग हो। यसको लक्षण देख्ना साथ जाँच गराउनु पर्दछ।

तपाईको प्रतिक्रिया