ताजा खबर :- तपाई आफूलाई मनपर्ने परफ्यूमको सुगन्ध दिनभरि टिकाइ राख्न चाहनु हुन्छ भने एउटा सानो उपाय प्रयोग गर्नु पर्दछ। तपाई हरेक दिन कन्फिडेन्टको साथ बाहिर निकल्न चाहनु हुन्छ । यसको लागि तपाईले परफ्यूम लगाउने तरिका बदल्नु पर्दछ। तपाईले परफ्यूमको साथ भेसलिन लगाउन आवश्यक छ। तपाई शरीरको जुन ठाउँमा परफ्यूम लगाउनु हुन्छ, त्यही ठाउँमा भेसलिनले हल्का मसाज गर्नुहोस्।

भेसलिनले मसाज गरिसके पछि परफ्यूमले स्प्रे गर्नुहोस्, यसो गर्दा तपाईको शरीरमा परफ्यूमको सुगन्ध रहिरहन्छ। खासगरेर भेसलिन पनि मेकअप को एक तरिका हो। यसले परफ्यूमको ताजापनलाई कायम राखीरहन्छ। परफ्यूम ड्राई स्किनमा त्यति राम्रो सँग लाग्दैन।

तपाईको प्रतिक्रिया