ताजा खबर :- दिमाग अधिक तेजिलो गराउन धेरै प्रयास गर्न आवश्यक छैन । आँखा झिम्काउँदैमा दिमाग तेज हुनेछ । आँखा झिम्काउँदा दिमाग अधिक सक्रिय हुन्छ । आँखा झिम्काउँदा आँखा बाट तरल पदार्थ निस्कन्छ जसले गर्दा आँखा सुख्खा हुन पाउदैन। यसबाट आँखा चिलाउने समस्या हुदैन ।

जापानको ओसाका युनिवर्सिटी द्वारा गरिएको एक अनुसन्धान अनुसार , कुनै विशेष कुरामा ध्यान केन्द्रित गर्नु भन्दा पहिले दिमागले आँफैलाई ताजा गर्ने काम गर्छ । यसले दिमागमा सक्रियता बढ्छ ।

आँखा सम्बन्धी केही थप कुराहरू १- एक सामान्य व्यक्ति एक वर्षमा औसत ६२ लाख ५ हजार पटक आँखा झिम्काउँछ ।

२-कनै घटनालाई फेरि सम्झन १०० मिलीसेकेण्ड लाग्छ । जबकि आँखा झिम्काउँदा ३०० मिलीसेकेण्ड समय लाग्छ ।

३- पटक-पटक आँखा झिम्काउँदा एक रोग हो, यसले टोसिस भनिन्छ । यो दुवै वा एक आँखालाई असर गर्न सक्छ ।

४- स्टाई आँखाको परेलामा पाइने एक प्रकारको संक्रमण हो, यसको कारण आँखामा सूजनको समस्या हुन सक्छ ।

५-कम्प्युटरमा काम गर्ने मानिसहरूले परेला कम झिम्काउँछन्, जसले आँखामा सुख्खापनको समस्या बढ्छ । यस्ता मानिसलाई एक सेकेण्डमा ३/४ पटक आँखा झिम्काउँनु पर्दछ ।

तपाईको प्रतिक्रिया