एजेन्सी । तस्विरमा देखिएको यो ढुंगा दक्षिण भारतको हो । जसको चर्चा झन झन बढ्न थालेको छ ।

भारतिय मिडियाका अनुसार दक्षिण भारतको महाबलीपुरममा रहेको यो ढुंगा १२०० बर्ष पुरानो हो । २ फिट उचाई र ५ फिट चौडा भएको यो ढुंगा भिरालो जमिनमा अडिएको छ ।

जसको विषयमा अहिलेसम्म बैज्ञानिहरुले समेत वास्तविक कारण पत्ता लगाउन सकिरहेका छैनन् ।

 

प्राकृतिक दुर्घटनाका कारण यस्तो ठाँउमा अड्डिएको र यसलाई दुनियाको जस्तो सुकै ठूलो तागतले पनि हल्लाउन नसकिने बताइदै आइएको छ ।

पौराणिक मान्यता अनुसार कृष्ण भगवानले आफ्नो बाल अवस्थामा यो पथ्थर यहाँ झारिदिएको विश्वार रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया