ताजा खबर :–अस्ट्रेलियाको मेलबर्नका एक व्यक्ति एकरातमै करोडपति बनेका छन् । बेलुकी सुतेर बिहान उठ्नेबेलासम्म उनी करोडका मालिक भैसकेका थिए । उनलाई एक रातमै २२ करोडभन्दा बढीको चिठ्ठा परेपछि उनी क्षणभरमै यतिधेरै धनि भएका हुन् ।

उनले किनेका दुईवटा चिट्ठामध्ये दुईवटै चिठ्ठा उनैलाई परिदियो । उनी राती ब्युँझिएको समयमा समय कटाउन जब टिभी खोलेका थिए, टिभीले उनलाई परेको चिठ्ठाको नम्बर भनिरहेको थियो । सुरुमा त पत्यार नलागेपनि पछि निश्चित भएपछि भने उनी औधी खुशी भए ।

एकै रातमा करोडौंको मालिक बनेका यी व्यक्तिले चिट्ठामा परेको पैसाले विश्वभ्रमण गर्न चाहेको बताएका छन् । – एजेन्सी

तपाईको प्रतिक्रिया