लन्डन – अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का खगोलशास्त्रीले एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीजत्रै आकारका सात नयाँ ग्रह पत्ता लगाएका छन् ।

पृथ्वीबाट ४० प्रकाशबर्षको दुरीमा रहेका भनिएका ती ग्रह भेटिनुलाई ‘पृथ्वीबाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महत्वपूर्ण खोज’ मानिएको छ ।

तीमध्ये तीनवटामा पानीको सतहसमेत पाइएकाले मानव बस्न योग्य हुनसक्ने आँकलन गरिएको खबर आजको नागरिकमा छ ।

अनुसन्धान रिपोर्टले ‘मिल्की वे’ तारापुञ्जको ‘ट्रयापिस्ट वान’ नाम गरेको तारालाई परिक्रमा गरिरहेका ती ग्रह अमेरिकी अन्तरिक्ष निकाय नासाले दूरदर्शक यन्त्र टेलिस्कोप र पृथ्वीबाट गरिएका अवलोकन र विधिबाट पत्ता लगाएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया