बंगलादेशमा भूतले छोरीलाई छोरा बनाईदिएको घटनापछि निकै हंगामा मच्चिएको छ । एक बालिकाको परिवारले आफ्नो छोरीलाई भूतले छोरा बनाईदिएको भन्दै अफवाह फैलाएका हुन् ।

ती बालिकाका बाबुआमाले आफ्नो छोरीलाई भूतले छोरा बनाइदिएको भन्ने सबैलाई पत्याउनका लागि के सम्म गर्न बाँकी राखेनन् । उनीहरुले छोरीको जिउमा नक्कली लिंग टाँसिदिए ।

त्यो देखेपछि गाउँलेहरुले विश्वास पनि गरे । भूतले केटा बनाइदिएको भनिएकी ती बालिकालाई हेर्न हजारौं मानिस जम्मा पनि भए । तर केहीले यो हुनै नसक्ने भन्दै वास्तविकता बुझ्ने क्रममा उनीहरुले गरेको यो कर्तुत बाहिर आयो ।

यसपछि प्रहरीले अफवाह फैलाउने बालिकाका बाबुआमालाई पक्राउ गरी अनुसन्धान थालेको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया