काठमाडौँ, ३ फागुन – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित चम्पादेवीमा पुगेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान, लैनचौरमा पुगी शहीदप्रति पुष्पगुच्छा अर्पण गरेपछि पार्टीका संस्थापक नेता पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गर्नुभएको थियो ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार कीर्तिपुरस्थित चम्पादेवीमा पुगी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलालको प्रतिमामा माल्यार्पण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार कीर्तिपुरस्थित चम्पादेवीमा पुगी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलालको प्रतिमामा माल्यार्पण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार कीर्तिपुरस्थित चम्पादेवीमा पुगी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व पुष्पलालको प्रतिमास्थलमा माल्यार्पण र श्रद्धाञ्जलि अर्पणपछि सामूहिक तस्बिर खिचाउँदै । साथमा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाललगायत । तस्बिर ः रत्न श्रेष्ठ

तपाईको प्रतिक्रिया