काठमाडौं । डिभिजन टूको फाइनमा नेपालका खेलाडीले ज्यान दिएर खेलेपनि युएईले जम्मा ७ रनको झिनो अन्तरले बिजयी हाँसिल गरेको छ । २ सय ७८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७० रन बनाउँदा पारस एक्लैले १ सय १२ रन बनाए । पारसले १०३ बलमा ८ छक्का र ३ चौकासहित नेपालका लागि सर्वाधिक ११२ रनको विशाल योगफल तयार गर्दा पनि नेपाल च्याम्पियन बन्नबाट चुक्यो ।

पारसको विष्फोटक ब्याटिङका बाबजुद पनि नेपालले आजको खेल निकै नै शानदार खेल्न सफल भएको हो । ओपनर दिलिप नाथले सुरुवाती खेल राम्रो गरेपनि उनी लामो समय टिक्न सकेनन् । दीलिपलाई गुमाएको केही बेरमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई पनि गुमाएको थियो । मल्ल २४ रन बनाएर आउट भएका हुन् । उनलाई अमिर हायातको बलमा अस्फाक अहम्मदले क्याचआउट गरेका हुन् । नेपालका ओपनिङ ब्याट्सम्यान दिलिप नाथ २९ बलमा २ चौकासहित १३ रन बनाएर आउट भएका हुन् । उनलाई रोहन मुस्तफाले आउट गरेका हुन् । नेपालले सातौँ विकेटका रुपमा करण केसीलाई व्यक्तिगत २ रन बनाएको अवस्थामा गुमाएपछि पनि अगाडी बढीरहेको खेलमा नेपालले झिनो अन्तरले पराजय बेहोर्न बाध्य बन्यो । यसअघि टस जितेर ब्याटिङ गरेको युएईले नेपाललाई २ सय ७८ रनको लक्ष्य दिएको थियो । युएइका लागि अस्फाक अहमदले सर्वाधिक १ सय १४ रन बनाएर आउट भए भने गुलाम साबेर १८ रन, रोहन मुस्ताफा ५१ रन, साहिकर अनवारले ४० रन बनाएर आउट भए । रामिद साहज ४१ रनमा नटआउट रहँदा मोहम्मद उस्मान २ रनमा नटआउट रहे ।

तपाईको प्रतिक्रिया