काठमाण्डौ । प्रधानमन्त्री बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता र वामगठबन्धनलाई धन्यवाद दिएका छन् ।

उनले केही समय अघि सामाजिक संजाल प्रयोग गरेर प्रधानमन्त्रीमा निर्वाचित गराउने सबैलाई धन्यवाद दिएका छन् । उनले आफुले देश र विदेशमा रहेका सबै नेपाली दाजुभाइको साथ र समर्थन चाहेको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्

‘प्रधानमन्त्री पदको शपथ लिएको छु । प्रधानमन्त्रीमा निर्वाचित गराउनु हुने आम नेपाली जनता र बाम गठबन्धनलाई धन्यवाद । मुलुकको विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबाट साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास लिएको छु ।’

तपाईको प्रतिक्रिया