काठमाडौं । आइसीसी डिभिजन टूको फाइनल खेलमा २ सय ७८ रनको चुनौती पछ्याएको नेपालले आज सुरुवात देखि नै आक्रमक ब्याटिगं गरिरहेका बेला नेपालका ब्याट्सम्यानहरु अहिले जम्ने क्रममा छन् । यसैबिच नेपालका कप्तान पारस खड्काले पहिलो छक्का प्रहार गरेका छन् । केही बेर अघि मात्रै प्रदिपले हानेको छक्का लगत्तै पारसको छक्काले नेपाली ब्याट्सम्यानहरुले जम्ने संकेत गरिरहेका छन् । यससँगै नेपालले ६७ रनको योगफल तयार पारेको छ । यससअिघ नामिबियामा टस जितेर ब्याटिगं थालेको युएइका लागि अस्फाक अहमदले सर्वाधिक १ सय १४ रन बनाएर आउट भए भने गुलाम साबेर १८ रन, रोहन मुस्ताफा ५१ रन, साहिकर अनवारले ४० रन बनाएर आउट भए । रामिद साहज ४१ रनमा नटआउट रहँदा मोहम्मद उस्मान २ रनमा नटआउट रहे । नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १र१ विकेट लिए । युएइका एकजना ब्याटम्यान रन आउट भए । बुधबार नेपालले क्यानडालाई १ विकेटले हरायसँगै नेपालले विश्वकप छनोट खेल्न पाउने छ भने युएईले नामिबियालाई १७ रनले पराजित गरेर विश्वकपमा स्थान बनाएको छ ।

तपाईको प्रतिक्रिया