काठमाडौं । आइसीसी डिभिजन टूको फाइनल खेलमा २ सय ७८ रनको चुनौती पछ्याएको नेपालले आज सुरुवात देखि नै आक्रमक ब्याटिगं गरिरहेका बेला नेपाली ओपनर दीलिपनाथ र ज्ञानेन्द्र मल्ल दुबै आउट भएपछि यतिबेला पारस र दिपेन्द्र सिंह ऐरीले साझेदारी गरिरहेका छन् । ज्ञानेन्द्रले २४ बलमा २४ रन जोड्दै आउट भएपछि नेपाललाई लाग्यो कडा झड्का लागेको छ । यसअघि दीलिपले आज जम्मा १३ रन जोडेर आउट भएपछि अहिले दिपेन्द्र सिंह ऐरीको पनि विशेष आशा गरिरहेको छ नेपालले । यो समाचार तयार पार्दासम्म नेपालको २ विकेटको क्षतिमा १० ओभरको समाप्तिसँगै ४१ रनको योगफल तयार भएको छ ।

तपाईको प्रतिक्रिया