काठमाडौं । आइसीसी डिभिजन टूको फाइनल खेलमा २ सय ७८ रनको चुनौती पछ्याएको नेपालले आज सुरुवात देखि नै आक्रमक ब्याटिगं गरिरहेका बेला नेपाली ओपनर दीलिपनाथ आउट भएका छन् ।

बलर रोहन मुस्ताफाले दीलिपलाई आउट गरेका हुन् । दीलिपले आज जम्मा १३ रन जोडेर आउट भएका छन् । दीलिपले लामो पारी खेल्ने कोशिस गर्दागर्दै आउट भएका हुन् । यतिबेला ज्ञानेन्द्रसँग पारस खड्काले साझेदारी गरिरहेका छन् । यो समाचार तयार पर्दासम्म नेपालले १ विकेटको क्ष्ाितमा ९ ओभरको समाप्तिमा ३८ रन जोडेको छ ।

तपाईको प्रतिक्रिया