काठमाडौं । आइसीसी डिभिजन टूको फाइनल खेलमा युएईले अ नेपाललाई २ सय ७८ रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ गरेको युएईले निकै नै आक्रामक बलिगं गर्दै ४ विकेटको क्षतिमा २७७ रन जोडेसँगै नेपालले यो टुर्नामेन्टमा नै अहिलम्मकै विशाल चुनौती पाएको हो ।

युएइका लागि अस्फाक अहमदले सर्वाधिक १ सय १४ रन बनाएर आउट भए भने गुलाम साबेर १८ रन, रोहन मुस्ताफा ५१ रन, साहिकर अनवारले ४० रन बनाएर आउट भए ।

रामिद साहज ४१ रनमा नटआउट रहँदा मोहम्मद उस्मान २ रनमा नटआउट रहे । नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १र१ विकेट लिए । युएइका एकजना ब्याटम्यान रन आउट भए । बुधबार नेपालले क्यानडालाई १ विकेटले हरायसँगै नेपालले विश्वकप छनोट खेल्न पाउने छ भने युएईले नामिबियालाई १७ रनले पराजित गरेर विश्वकपमा स्थान बनाएको छ ।

तपाईको प्रतिक्रिया