काठमाडौं -वैशाख २८ मा रिलिज हुने तयारीमा रहेको चलचित्र लम्फू’को पोस्टरहरु सार्वजनिक भएका छन् । पोस्टरमा नवनायक कबिर खड्कासँगै तरकारीवालीको नामले सामाजिक सञ्जालमा भाइरल बनेकी कुशुम श्रेष्ठ पनि देखिएकी छन् ।पोस्टरमा कुशुमले हातमा सेतो गुलाबको फूल लिएकी छन् ।

उनीसँगै नायिकाद्वय मरिस्का पोखरेल र चाँदनी शर्मा साथै अभिनेता सलोन बस्नेत पोस्टरमा देखिन्छन् ।फिल्मको तीनवटा फरक फरक पोस्टर सार्वजनिक गरिएको छ ।तेश्रो पोस्टरमा भने तीन अभिनेताहरु मात्र छन् ।

कबिरको साथमा सलोन र सञ्जित भण्डारी रहेका छन् ।दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ फिल्ममा भूपतिको लेखन हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ ।

तपाईको प्रतिक्रिया